Pura Samachar

सिरी ए फुटबल:एसी मिलानकाे जित

प्रकाशित: March 13, 2022
पूरा समाचार

सिरी ए फुटबल:एसी मिलानकाे जित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा मिलानले इम्पोलीलाई १-० गोल अन्तरले हराएको हो ।

मिलानको जितमा पिएरे कालुलुले निर्णायक गोल गरे । उनले खेलको १९ औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै मिलानले लिगमा पाँच अंकको अग्रता बनाएको छ ।

शीर्ष स्थानको मिलानले २९ खेलमा ६३ अंक जोडेको छ ।

 

दोस्रो स्थानको इन्टर मिलनको ५८ अंक रहेको छ ।

इम्पोली ३२ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया