Pura Samachar

लिभरपुलकाे लगातार आठौँ जीत

प्रकाशित: March 13, 2022
पूरा समाचार

लिभरपुलकाे लगातार आठौँ जीत

इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राती भएको खेलमा ब्राइटनलाई २-० ले हराउँदै लिभरपुलले लगातार आठौँ जीत निकालेको हो।

ब्राइटनमाथि सहज जीत निकाल्दै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ। लिभपुरललाई जिताउन लुइस डियाज र मोहम्मद सलाहले गोल गरे।

खेलको १९ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाए। पहिलो हाफसम्म १-० ले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप १ गोल गर्दै अग्रता दोब्बर बनायो।

खेलको ६१ औं मिनेटमा ब्राइटनका खेलाडीले ह्याण्ड बल गरेपछि पाएको पेनाल्टीबाट गोल गर्दै मोहमद शलाहले लिभरपुलको जीत सुनिश्चित गरे ।

इजिप्सियन खेलाडी शलाहको यो सिजन प्रिमियर लिगमा गरेको यो २० औं गोल हो। त्यस्तै, प्रिमियर लिगमा लिभरपुलको २ हजारौं गोल पनि थियो।

लिगमा सर्वाधिक गोल गर्ने सूचीको दोस्रो नम्बरमा युनाटेटका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका जोता र मानेले समान १२-१२ गोल गरेका छन्।

यो सँगै २८ खेलबाट ६६ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीभन्दा मात्र ३ अंकले पछि छ।

पराजित ब्राइटन ३३ अंकसहित १३ औं स्थानमा छ।

गए रातीनै भएको अर्को खेलमा रोनाल्डोले ह्याट्रिक गर्दा म्यान्चेष्टर युनाइटेड चौथो स्थानमा उक्लिएको छ।

प्रतिक्रिया