Pura Samachar

रिचार्ड कार्ड किन्दा सचेत हुन नेपाल टेलिकमको आग्रह

प्रकाशित: March 13, 2022
पूरा समाचार

रिचार्ड कार्ड किन्दा सचेत हुन  नेपाल टेलिकमको आग्रह

काठमाडौं- नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भन्दै बजारमा विभिन्न नामबाट अनधिकृत रिचार्ज कार्डहरू बिक्री भइरहेको भन्दै सचेत रहन नेपाल टेलिकमले आग्रह गरेको छ।

टेलिकमले सूचना जारी गर्दै भनेको छ, ‘यस नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्ना विभिन्न सेवाहरू जस्तै ल्यान्डलाइन, मोबाइल, इन्टरनेट आदिको रिचार्ज तथा बिल भुक्तानी गर्न नमस्ते रिचार्ज कार्ड ब्रान्डमा रिचार्ज कार्ड उपलब्ध गराइरहेको छ।

नेपाल टेलिकमले कागजमा प्रिन्ट भई आउने नमस्ते रिचार्ज कार्डको अतिरिक्त इ पिन तथा एमपीओएसमार्फत समेत रिचार्ज सेवा उपलब्ध गराइरहेकोमा हाल बजारमा विभिन्न नामबाट नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भनी अनधिकृत रिचार्ज कार्डहरू समेत बिक्री भइरहेको जानकारीमा आएकाले सम्पूर्ण ग्राहक महानुभावहरूलाई सचेत रहन तथा नेपाल टेलिकमको आधिकारिक रिचार्ज कार्ड मात्र प्रयोग गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।’

प्रतिक्रिया