Pura Samachar

जसपा को केन्द्रीय समितिको बैठक आज बस्दै

प्रकाशित: March 13, 2022
पूरा समाचार

जसपा को केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

बिहान ११ बजे डिल्ली बजारको एक पार्टी प्यालेसमा बस्ने बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशन लगायतको विषयमा छलफल हुने बताइएको छ ।

जसपा संघीय परिषद्को हिजो सम्पन्न पहिलो बैठकमा बैठकमा परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सर्वसम्मतिले पास भएको उक्त राजनीतिक प्रतिवेदनबारे केन्द्रीय समितिको बैठकमा पनि छलफल गरिने जसपाका नेता विश्वदीप पाण्डेले बताउनुभयो ।

बैठकमा कार्यकारिणी समितिको विस्तार, कार्यविभाजन, नेतृत्व प्रणालीको बारेमा छलफल हुने बताइएको छ । हिजोको संघीय परिषद्को बैठकमा अध्यक्ष भट्टराईले जसपा एक ढिक्का भएर अगाडि बढ्ने घोषणा गर्नुभएको थियो । उहाँले जसपा एक ढिक्का भएर चुनावमा जाने भन्दै पार्टीमा रहेका सबै विवाद व्यवस्थापन भइसकेको पनि धारणा राख्नुभएको थियो ।

पार्टीमा कार्यकारी अध्यक्षको विषयलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष भट्टराईबीच आन्तरिक द्वन्द्व चलिरहेको थियो । पार्टी नै विभाजन हुने अवस्थामा पुगेको थियो परिषद् तथा केन्द्रीय समितिको बैठकले ती सबै समस्या समाधान गरिने नेताहरू बताउँछन् ।

प्रतिक्रिया