Pura Samachar

सोमालियाको राजधानी सहर मोगादिसुको विमानस्थलमा आत्मघाती ह’म’ला ६ जनाको ज्या’न गयो

प्रकाशित: March 13, 2022
पूरा समाचार

सोमालियाको राजधानी सहर मोगादिसुको विमानस्थलमा आत्मघाती ह’म’ला ६ जनाको ज्या’न गयो

एजेन्सी। सोमालियाको राजधानी सहर मोगादिसुको विमानस्थलमा आत्मघाती ह’म’ला भएको छ। सो हमलामा परेर कम्तीमा पनि ६ जनाको ज्या’न गएको छ। आ’त्म’घा’ती ह’म’ला’का’रीले गरेको ह’म’ला’मा परी ती नागरिकको ज्या’न गएको हो।

आ’क्र’म’ण विमानस्थलनजिकैको एक लोकप्रिय आइसक्रिम पसलनजिकै भएको थियो। आ’क्र’म’ण’मा परी अरू नागरिक पनि घाइते भएका छन्। यहाँका केही उच्च सुरक्षा अधिकारीलाई लक्ष्य गरेर आ’क्र’म’ण गराइएको प्रहरीले जनाएको छ।

सो आ’त्म’घा’ती आ’क्र’म’ण कसले र किन गराएको भन्नेबारे केही खुलेको छैन। सोमालिया सन् १९९० को दशकदेखि हिं’सा’को सिकार भएको छ। यहाँ हरेक महिनाजसो हिंसामा परेर कैयौँ नागरिकको ज्या’न जाने गरेको छ।

तेस्तै, सोमालियामा उग्रवादी समूहहरूविरुद्ध लडिरहेका मानिसले अफगानिस्तानको नियतिबाट पाठ सिक्नु आवश्यक छ। किनकि त्यहाँ पनि अफ्रिकन युनियन मिसन टु सोमालिया’अन्तर्गत रहेर अफगानिस्तानमा जस्तै राष्ट्र निर्माणको प्रक्रिया चलिरहेको छ।

विगत १४ वर्षदेखि अफ्रिकन देशहरूले अलकायदासम्बद्ध आतंककारी समूह अल सबाबविरुद्ध लड्नका लागि र सोमालियाको कमजोर सरकारलाई बचाउनका लागि पश्चिमको समर्थनमा युगान्डा, बुरुन्डी, जिबुटी, केन्या, इथियोपियालगायतका देशहरूबाट आयातीत सेना तैनाथ गरेका छन्। अमिसोमसँग नागरिक संस्थाहरूको पुनर्निर्माण गर्ने उद्देश्य बोकेका नागरिक तथा प्रहरी संगठनहरू पनि छन्।

तर, वर्षौँ लामो प्रयास र वार्षिक रूपमा करिब नौ सय मिलियन डलर खर्च गर्नुको बाबजुद सोमालियाको सरकार कमजोर र अलोकप्रिय छ। सहरी क्षेत्रबाट बल्लतल्ल हटाइएका इस्लामिक विद्रोहीहरूले अधिकांश ग्रामीण क्षेत्रहरू नियन्त्रणमा राखेका छन् र चाहेको वेला राजधानीमा विनाशकारी हमला गर्ने क्षमता पनि उनीहरूसँग छ।

अफगानिस्तानमा जस्तै अल सबाबलाई मोगादिसु तथा अन्य सहरहरूबाट हटाएपछि सोमालियाले आर्थिक उन्नतिसँग साक्षात्कार गर्न पायो। वर्ल्ड बैंकले अनुमान गरेअनुसार सन् २०१५ र १६ मा कुल गार्हस्थ्य उत्पादनमा पाँचदेखि ६ प्रतिशतसम्म वृद्धि भयो। तर, त्यो विकास सहरकेन्द्रित, उपभोगकेन्द्रित, दाताहरूद्वारा सहयोग गरिएको र सोमालियन प्रवासीहरूको विप्रेषणमा आधारित थियो।

असुरक्षा, राजनीतिक अस्थिरता, कमजोर संस्थाहरू, अपर्याप्त पूर्वाधार, व्यापक भ्रष्टाचार र व्यवसायका लागि प्रतिकूल वातावरणका कारण निजी क्षेत्रको विकास र विविधिकरण हुन सकेन। त्यसैले कम उत्पादकत्व भएका कृषि क्षेत्रमा रोजगारी केन्द्रित छ। गत वर्षको डुइङ बिजनेस सर्भेमा सोमालियाको र्‍यांक सबैभन्दा तल थियो।

अफगानिस्तानसँगको समानताहरू यतिमै सकिँदैनन्। सन् २००६ मा इथियोपियाविरुद्धको धार्मिक युद्ध घोषणा गरेपछि अमेरिकी समर्थनमा इथियोपियाले सोमालियामा आक्रमण गर्‍यो र युनियन अफ इस्लामिक कोर्टलाई सत्ताच्युत गर्‍यो। सो आक्रमणले शान्तिको क्षणिक झलक देखेको, केही मानिसहरूले भन्ने गरेको, सोमालियाको ६ महिने ‘स्वर्ण युग’को अन्त्य गर्‍यो।

युआइसी सोमालियका व्यापारीहरूद्वारा समर्थित इस्लामिक न्यायालयहरूको एउटा गठबन्धन थियो। यसले हिंसाका लागि कुख्यात मानिएकाहरूलाई शक्तिबाट हटाएर संगीत, सिनेमा र खेलकुदमाथि प्रतिबन्ध लगाउँदै महिलाहरूलाई बुर्का अनिवार्य गरेर तालिवानी शैलीमा इस्लामिक कानुनलाई संस्थागत गरेको थियो।

तर, उनीहरूले मोगादिशु सहरका गल्लीहरूमा तुलनात्मक रूपमा स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्ने र अमनचयनको वातावरणको सिर्जना गरेर सामान्य अवस्थाको झलक पनि दिएका थिए। विमानस्थल पुनः खुला गर्नुका साथै आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्ने कामहरू उनीहरूले गरे। इथियोपियाको आक्रमणपछि भने यस्तो अवस्थाको अन्त्य भयो।

युआइसी सशस्त्र समूह अल सबाबसँग जोडिन पुग्यो। यसले सन् २००९ मा इथियोपियाको सेना फिर्ता भएपछि सोमालियालाई नियन्त्रणमा लिएर युगाण्डा र बुरुन्डीलगायतका अन्तर्राष्ट्रिय शक्ति समर्थित संक्रमणकालीन संघीय सरकारलाई राजधानीका केही भवनहरूमा सीमित रहन बाध्य तुल्यायो।

फाइनान्सियल टाइम्सको ओपेडमा नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले अतिवादमाथि विजय प्राप्त गर्न वा समाज रूपान्तरणको सुनिश्चिता गर्न सैन्य शक्ति मात्र अपर्याप्त हुन्छ भन्ने पाठ अफगानिस्तान पराजयबाट अफ्रिकाले सिक्नुपर्छ भन्नेमा जोड दिएका छन्। उनले लेखेका छन्, ‘सरासर रूपमा गरिएको बल प्रयोगले आतंकलाई दबाउन सक्छ। तर, आतंकलाई दबाइनु नै यसको पुनरागमनको कारक बन्न सक्छ।’

प्रतिक्रिया