
काठमाडौं । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबराविरुद्वको महाअभियोग प्रस्ताव संसदमा पेश भएको छ ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव पेस गरेका हुन्। एमालेका सांदको अवरोधकाबीच महाअभियोगमाथि छलफल सुरु भएको हो ।
गुरुङले प्रस्ताव पेश गर्दै जबराले संवैधानिक परिषद्मा उपस्थित भएर गरिएका निर्णसम्बन्धी मुद्दा एक वर्षदेखि अड्काएर राखेको बताउँदै यो कार्य उनी पदीय कर्तव्यबाट च्युत भएको उल्लेख गरेका छन्।

सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाले सजाय छुट पाएको मुद्दामा पुनरवालोकन निवेदन परे पनि जबराले अड्काएर सुनुवाइ रोकेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया