Pura Samachar

नेकपा एमाले निकट प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चयन

प्रकाशित: March 13, 2022
पूरा समाचार

नेकपा एमाले निकट प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चयन

पोखरा- नेकपा एमाले निकट प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन्। पोखरामा सम्पन्न चौतारीको नवौँ महाधिवेशनले बस्नेतको अध्यक्षतामा १७ पदाधिकारी सहित १०५ जनाको केन्द्रीय कमिटी चयन गरेको हो। अध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरू सर्वसम्मतिमा चयन भएका हुन्।

चौतारीको उपाध्यक्षमा गणेश पाण्डे, सबिन प्रियासन, राजेश राई र देवीका घर्ती चयन भएका छन्। यस्तै महासचिवमा हिरामान लामा, उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन हुँदा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भए।

सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन् ।

यसैगरी अनुशासन आयोगको अध्यक्षमा नवराज महतारा, लेखा आयोगको अध्यक्षमा सटेन्द्र जगेबु र निर्वाचन आयोगको अध्यक्षमा गणेश खनाल रहेका छन्।

शुक्रबारदेखि सुरु अधिवेशनमा देशभरका १ हजार २ सय प्रतिनिधिले नयाँ कार्यसमिति चयन गरेका हुन्।

प्रतिक्रिया