Pura Samachar

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुग्यो

प्रकाशित: August 18, 2020

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुग्यो

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका– ५ का ६२ वर्षका पुरुषको गएराति उपचारका क्रममा मृत्यु भएको हो ।

ती संक्रमितको गएराति ११ :४० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । साउन ३० गते कोरोनाको लक्षण देखिएपछि ती व्यक्तिलाई ३२ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

कोरोनाको आशंकामा उनको स्वाबको नमुना लिइएको थियो । सोमबार दिउँसो ३ बजे आएको नतिजामा उनलाई कोरोना पोजिटिभ देखिएको थियो ।

बाँकेमा यसअघि नरैनापुर गाउँपालिका–५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिला र कोहलपुर नगरपालिका–२ की ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया