Pura Samachar

प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

प्रकाशित: March 14, 2022
पूरा समाचार

प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । साेमवार देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको पूर्वी हिमाली भूभागको एक वा दुई स्थान हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ ।

त्यस्तै, राती देशको गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

महाशाखाका अनुसार देशमा अहिले पश्चिमी न्यून चापीय वायुको सामान्य प्रभाव रहेको छ ।

प्रतिक्रिया