Pura Samachar

चेल्सीकाे जित

प्रकाशित: March 14, 2022
पूरा समाचार

चेल्सीकाे जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन काइ हार्भट्जले निर्णायक गोल गरे ।

खेलको ८९ औं मिनेटमा हार्भट्जले गोल गरेका हुन् ।

जितसँगै चेल्सीले २८ खेलमा ५९ अंक जोडेको छ ।

चेल्सी लिगको तेस्रो स्थानमा रहेको छ ।

 

न्युकासल ३१ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

अर्को खेलमा उल्भ्सले एभर्टनलाई १-० ले हराएको छ ।

लिड्सले नर्विचलाई २-१ ले हराएको छ ।

वेस्ट ह्यामले एस्टन भिल्लालाई २-१ ले तथा वाट्फोर्डले साउथह्याम्पटनलाई २-१ ले हराएको छ ।

प्रतिक्रिया