Pura Samachar

नेपाली कांग्रेस बाराको सभापतिमा राजेशराय यादव विजयी

प्रकाशित: March 14, 2022
पूरा समाचार

नेपाली कांग्रेस बाराको सभापतिमा राजेशराय यादव विजयी

बारा । नेपाली कांग्रेस बाराको सभापतिमा राजेशराय यादव विजयी हुनुभएको छ ।

कांग्रेस संस्थापन पक्षका यादव १ हजार २०६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी शम्भु बुढाथोकीलाई ५४ मतले पराजित गर्नुभएको हो । बुढाथोकीले १ हजार १५४ मत ल्याउनुभएको छ ।

शनिबार सभापतिसहित अन्य पदको लागि कलैयामा तेस्रोपटक मतदान भएको थियो। यसअघि पहिलो मतदानका क्रममा अनियमितता भएको भन्दै मतदान रद्द गरिएको थियो।

दोस्रोपटक भएको मतदानमा कसैले पनि बहुमत ल्याउन नसकेपछि शनिबार तेस्रोपटक मतदान भएको थियो। दोस्रोपटक भएको मतदानसम्म सभापतिको लागि यादव र बुढाथोकीसँगै रामानन्द यादव गरी तीन जना उम्मेदवार हुनुहुन्थ्यो । तर तेस्रोपटक भएको मतदानमा रामानन्दले यादवलाई सहयोग गर्नुभएको थियो ।

सभापतिमा निर्वाचित यादव कलैया उपमहानगरपालिकाका मेयर हुनुहुन्छ ।

प्रतिक्रिया