Pura Samachar

जनता समाजवादी पार्टीले नेता प्रदीप यादवमाथिको कारबाही फिर्ता लियो

प्रकाशित: March 14, 2022
पूरा समाचार

जनता समाजवादी पार्टीले नेता प्रदीप यादवमाथिको कारबाही फिर्ता लियो

काठमाडौं । जनता समाजवादी पार्टीले नेता प्रदीप यादवमाथिको कारबाही फिर्ता लिएको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवविरुद्धको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

जसपाले यादवलाई गत मंसिर ५ गते अनुशासनको कारबाही गरेको थियो । नेता यादवले पर्सा जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएका छन् ।

मन्त्री नबनाएको भन्दै यादव निकट नेता कार्यकर्ताले पार्टी अध्यक्षविरुद्ध नाराबाजी गर्नुका साथै पुत्ला जलाएका थिए ।

पार्टीको झण्डा जलाउन संलग्न भएको आरोपसमेत लगाउँदै यादवमाथि पार्टीले कारबाही गरेको थियो । उनलाई केन्द्रीय सदस्यबाट हटाएर साधारण सदस्य मात्रै राखिएको थियो ।

प्रतिक्रिया