
एजेन्सी । दक्षिण कोरियामा एकै दिनमा ३ लाखभन्दा पनि धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ ।प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घन्टा यतामात्र ३ लाख ९ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
अधिकारीहरुले सम्भवत यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु भएको पनि बताएका छन्। रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो ।
एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यतामात्र ३ लाख ९ हजार ७९० जना कोरोना सङ्क्रमित देखिएका छन् ।
काेरियामा अहिलेसम्म ६८ लाख भन्दा बढीमा काेराेना संक्रमण भइसकेकाे छ । पछिल्ला केही दिनमा दैनिक एक लाखभन्दा बढीको संख्यामा सङ्क्रमित देखिने गरेका छन् । अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् ।
उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।
प्रतिक्रिया