
काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लामा जिल्ला अधिवेशन सकाएको छ ।
जिल्लामा संस्थापन पक्षको बर्चस्व देखिएको छ । संस्थापन पक्षले ४४ जिल्लामा नेतृत्व हात पर्दा इतर पक्षले ३३ जिल्लाको नेतृत्व लिन सफल भएको छ ।
यो पटक संस्थापन पक्ष सभापति शेरबहादुर देउवा र इतर पक्ष शेखर कोइराला पक्षबीच प्रतिस्पर्धा भएको थियो ।
गत मंसिरमा १४ औं केन्द्रीय महाधिवेशन सम्पन्न गरेको काँग्रेसले महाधिवेशन अगाडि ६१ जिल्लामा मात्र अधिवेशन सम्पन्न गर्न सकेको थियो । बाँकी १६ जिल्लाका अधिवेशन भने हालै सकाएको हो ।
यसैबीच, आइतबार अन्तिम सम्पन्न बारा जिल्लाको अधिवेशनबाट सभापतिमा राजेश राय यादव निर्वाचित भएका हुन् । दोस्रो चरणको निर्वाचनमा यादवले १२ सय ६ मत ल्याई शम्भुबहादुर बुढाथोकीलाई पराजित गरेका हुन् ।
प्रतिक्रिया