
प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा ललितपुरको ललितपुर महानगरपालिका वडा नं. ६ घर भइ हाल भक्तपुर उपमहानगरपालिका वडा नं. ११, कमलविनायक बस्ने राधा माताङ्गी रहेकी छन्।
उनले सानिमा बैंक लिमिटेड, सूर्यविनायक शाखामा रहेको ‘सानिमा नारी बचत’ खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी गत २०७७ साउन २० मा दिएको चेकको रकम भुक्तान हुन नसकेको प्रहरीले जनाएको छ।
सो सम्बन्धमा उच्च अदालत पाटनबाट यही पुस २० मा माताङ्गीलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिमको कसूरमा १९ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद हुने ठहर भएको थियो।
प्रतिक्रिया