Pura Samachar

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा: आज नेपाल र भारत भिड्दै

प्रकाशित: March 15, 2022
पूरा समाचार

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा: आज नेपाल र भारत भिड्दै

काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आज मंगलबारबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ ।

यू-१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।

नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।

नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले घरेलु टोलीविरुद्ध खेल्न कठिन हुने बताउछन् ।

‘घरेलु टोलीसँग खेल्न सधैं गाह्रो हुन्छ तर हामी आफ्नो उत्कृष्ट खेल्ने छौं । परिस्थिति अनुसार खेल्ने छौँ,’ प्रशिक्षक दर्शनले भने ।

भारत पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

यस्तै नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशको सामना गर्नेछ ।

मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।

शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया