
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरिएको छ।संघीय संसद सचिवालयले मंगलबार सूचना निकालेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ।अधिवेशन अन्त्य भएपछि बुधबारका लागि तोकिएको प्रतिनिधि सभा बैठक र अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक अब बस्ने छैनन्।
संसद अधिवेशन अन्त्य भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग पनि अलपत्र परेको छ।
प्रतिक्रिया