
काठमाडौं ।
साफ यू-१८ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आयोजक भारतविरुद्ध नेपाल फराकिलो अन्तरले पराजित भएको छ । मंगलबार साँझ जमसेदपुरमा भएको खेलमा नेपाल भारतविरुद्ध ७-० गोलले पराजित भएको हो ।
खेलको सुरुवातमा नेपालले भारतीय टिमलाई केही दबाबमा राखे पनि निरन्तरता भने दिन सकेन । र, पहिलो हाफमै नेपाल ३-० ले पछि पर्यो । दोस्रो हाफमा नेपालले थप ४ गोल खाँदै फराकिलो हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
खेल अवधिभर नेपालले गोल गर्ने केही मौका भने पायो । तर, त्यसको सदुपयोग हुन नसक्दा नेपाल गोलविहीन भयो । प्रतियोगिताको दोस्रो खेलमा नेपालले बिहीबार बंगलादेशविरुद्ध खेल्नेछ । त्यस्तै, नेपालले २१ मार्चमा भारत तथा २३ मार्चमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
शीर्ष स्थानमा रहने टोलीले उपाधि उचाल्ने छ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ ।
प्रतिक्रिया