Pura Samachar

भिडियो को छायांकन ४:२१ बाट सुरु भै सम्पादन समेत गरेर ७:२० मा तयार भएको भिडियो सार्वजनिक

प्रकाशित: March 16, 2022
पूरा समाचार

भिडियो को छायांकन ४:२१ बाट सुरु भै सम्पादन समेत गरेर ७:२० मा तयार भएको भिडियो  सार्वजनिक

यही चैत महिनामा १ सय ३ विश्व रेकर्ड कायम गर्ने उद्देश्यका साथ क्रियाशील रहनुभएका विश्व कीर्तिमानी गीतकार एवं साहित्यकार डा. डी. आर. उपाध्यायको शब्द रचनामा रहेको गीत ‘सपनीमा आउँछ्यौ तिमी’ को तीन घण्टामै तयार भएको भिडियो रिलिज भएको छ । भिडियो आजै ३ घण्टाभित्र छायाङ्कन र सम्पादन गरी युट्युब मार्फत सार्वजनिक गरिएको हो । सो भिडिओको छायाङ्कन शङ्खमूल र कुपण्डोलको बीचमा रहेको यून पार्कमा भएको थियो । यसअघि विश्वमै ३ घण्टाभित्र म्युजिक भिडियो छायाङ्कन र सम्पादन भई रिलिज नभएको कुरा थाहा भएको छ ।

कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत तथा स्वरमा रहेको सो गीतको सङ्गीत संयोजन देवेन्द्र नेवाले गरेका हुन् । भिडियोमा माइकल चन्दको निर्देशन, उत्सव दाहालको सिनेम्याटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ भने रमेश चन्द सोडारी र स्मृति श्रेष्ठले अभिनय गरेका छन् । भिडियोको छायाङ्कन अपरान्ह ४ :२१ मा सुरु भएको थियो भने साँझ ७ :२० बजे युट्युबमा अपलोड गरिएको छ ।

कीर्तिमानी गीतकार डा. उपाध्यायका २४ एल्बमका सयौं गीत स्रोता तथा दर्शकमाझ छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास ‘भाइरस लभ’ र अन्य चार वटा गीति एल्वम पनि छिट्टै सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया