Pura Samachar

नेकपा (एमाले)ले चैत ९ र १० मा केन्द्रीय कमिटीको बैठक बोलायाे

प्रकाशित: March 16, 2022
पूरा समाचार

नेकपा (एमाले)ले चैत ९ र १० मा केन्द्रीय कमिटीको बैठक बोलायाे

काठमाडौं २ चैत । नेकपा (एमाले)ले चैत ९ र १० मा केन्द्रीय कमिटीको बैठक बोलाएको छ। मंगलबार साँझ बसेको एमाले केन्द्रीय सचिवालय बैठकले चैत ९ र १० मा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो।

प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङका अनुसार ७ चैतमा पोलिट्ब्यूरो समितिको बैठक र १३ मा स्थायी कमिटी बैठक बस्ने छ। केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने उनले बताएका छन्।

मंगलबारको केन्द्रीय सचिवालय बैठकले एमालेका निर्वाचन विभागलाई पूर्णता दिएको छ। बैठकले विष्णु रिमाल प्रमुख र निरज आचार्य उपप्रमुख रहेको विभागलाई पूर्णता दिएको हो।

प्रतिक्रिया