Pura Samachar

युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा

प्रकाशित: March 16, 2022
पूरा समाचार

युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा

किभ । युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा गरिएको छ । राती बिहीबारदेखि ३५ घण्टाका लागि कर्फ्यु लगाइएको सो सहरका मेयरले जानकारी दिनुभएको छ ।

रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु  घोषणा गरिएको हो ।

सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले आह्वान गरेको छ । मङ्गलवार रुसी सेनाको हमलामा किभमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

रुसी सेनाले २४ फेब्रुअरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।

प्रतिक्रिया