Pura Samachar

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल: नेपालले आज बिहीबार बंगलादेशको सामना गर्दै

प्रकाशित: March 17, 2022
पूरा समाचार

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल: नेपालले आज बिहीबार बंगलादेशको सामना गर्दै

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार बंगलादेशको सामना गर्दैछ ।

भारतको जमसेदपुरमा नेपालले बलियो टोली बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।

आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । बंगलादेश पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।

पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७-० गोल अन्तरले पराजित भएको थियो।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

यस्तै नेपालले तेसो खेलमा मार्चमा २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।

शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया