Pura Samachar

गठबन्धन बनाएर भन्दा पनि पार्टी आफ्नौ तागतले चुनाव जाने:अध्यक्ष दाहाल

प्रकाशित: March 17, 2022
पूरा समाचार

गठबन्धन बनाएर भन्दा पनि पार्टी आफ्नौ तागतले चुनाव जाने:अध्यक्ष  दाहाल

बुटवल। माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बनाएर भन्दा पनि पार्टी आफ्नौ तागतले चुनाव जाने बताएका छन । बिहीबार प्रेस सेन्टरले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफ्नै एजेण्डा लिएर जनता जाने पार्टीको पहिलो प्राथमिकता रहेको बताए । त्यसपछि मात्रै गठबन्धन पार्टीको विकल्प हुने उनको भनाइ छ ।

पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको लागि रुपन्देही आएका प्रचण्डले निर्वाचनको तयारीमा केन्द्रीय कमिटी लागेको पनि बताए । प्रचण्डले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने पनि जानकारी दिए ।

प्रतिक्रिया