
डा. हरिमोहन पोखरेल
कोहिमा /नागालैंड राज्यको स्कूल शिक्षा विभागले राज्यका सबै स्कूलहरू नानीहरूले लगाइने यूनिफार्म (स्कूल ड्रेस )संबंधमा भएको गडबडी माथि कडा दिशा निर्देश गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार राज्यका विभिन्न स्कूलहरूले प्राइमरी स्तरका नानीहरूको ड्रेसलाई बेचेको र त्यसमाथि धेरै रकम नलगाउनु पर्ने कुरा गरेको छ ।
विभागले अगाडि जनायो कि धेरै जसो स्कूलहरूले विभागले दिएको ड्रेस कोड नमानेर जथाभाबी गरेको पाएमा त्यसको क्षतिपूर्ति सहित स्कूलहरूले वहन गर्नुपर्ने छ ।
विभागले अगाडि थप्यो कि यदि कुनै पनि स्कूलहरूले नानीहरूलाई मुफ्तमा ड्रेस नदिएको पाइएमा पनि त्यसको सबै कुरा स्कुलका हेडले बेहोर्नुपर्ने छ ।
स्मरण रहोस् नागालैंडमा स्कूलहरूमा ड्रेस कोडलाई धेरै अगाडिबाट चर्चा नचलेको होइन ।फेरि पनि आज लापरबाही देखिनु भनेको पनि कत्रो लाजमर्दो कुरा हो भन्दा फरक नपर्ला ।कहिले सम्म परिवर्तन आउला त्यो त आउने भविष्य नै बताउला ।
प्रतिक्रिया