Pura Samachar

पल शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै जिल्ला अदालत नवलपरासीमा मुद्दा दर्ता

प्रकाशित: March 17, 2022
पूरा समाचार

पल शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै जिल्ला अदालत नवलपरासीमा मुद्दा दर्ता

पूर्वी नवलपरासी- किशोरी बलात्कारको अभियोग लागेका पल शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दर्ता भएको छ। पीडितका बुबाले दिएको उजुरीका बिहीबार सरकारी वकिलको कार्यालय कावासोतीले जिल्ला अदालत पूर्वी नवलपरासीमा बलात्कार मुद्दा दर्ता गराएको हो। सरकारी वकिलको कार्यालयले पीडितलाई क्षतिपूर्ति दिनसमेत माग गरेको छ।

अभियुक्त पलले एक वर्षअघि गैंडाकोटको होटलमा आफ्नी नाबालिग छोरीमाथि बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएका थिए। गत चैत ७ गते सुटिङको क्रममा गैंडाकोटमा बलात्कार गरेको आरोप पलमाथि लागेको छ। एकैदिन सकिने छायांकनलाई दुई दिन लगाई राति रक्सी खुवाएर बलात्कार गरेको आरोप पीडितको छ।

अभियोगका आधारमा एक वर्षभित्र मुद्दा दर्ता गरिसक्न पर्ने कानुनी व्यवस्था छ। त्यसै म्याद गुज्रुनुभन्दा ४ दिनअघि नै अदालतमा मुद्दा दर्ता गरिएको हो। पीडितले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि बलात्कारसम्बन्धी कसुरमा उजुरी दिएकी छन्। पीडितले तनहुँमा पनि उजुरी दिएकी भएपनि मुद्दा भने दर्ता भएको छैन। तनहुँ प्रहरीले अनुसन्धानको क्रम जारी रहेको जानकारी दिएको छ।

प्रतिक्रिया