Pura Samachar

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना

प्रकाशित: March 18, 2022
पूरा समाचार

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना

काठमाडाैं । शुक्रवार बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त प्रणालीका कारण  देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएकाे हो ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन महाशाखाले जारी गरेकाे विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार हिजाे (बिहीवार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २९  दशमलव पाँच डिग्री सेल्सियस रहेको थियाे ।

प्रतिक्रिया