Pura Samachar

यात्रु वाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्रकाशित: March 18, 2022
पूरा समाचार

यात्रु वाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रु वाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक दर्जनौं यात्रु घाइते भएका छन् ।

आज बिहान पौनै ९ बजे हेटौंडाबाट यात्रु बोकेर नारायणगढ तर्फ जादै गरेको बा ४ ख ४४५४ नम्बरको बस दुर्घटना भएको हो ।

अनियन्त्रित भई बस दुघर्टना भएको प्रहरीले जनाएको छ । घाइते भएका मध्ये ९ जनालाई भरतपुर पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया