रुसले युक्रेनमाथि आक्रमण थालेयता अमेरिका र चीनका शीर्ष नेताबीच पहिलोपटक संवाद हुन लागेको हो। उनीहरुबीच शुक्रबार टेलिफोन वार्ता हुने ह्वाइट हाउसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ। अस्पताल, विद्यालय, सार्वजनिक भवन, आवासीय क्षेत्र, आवासीय भवन निशाना बनाएको रुसको विश्वव्यापी रुपमा आलोचना भइरहेको छ। तर चीनले हालसम्म युक्रेनमा गरेको आक्रमणलाई लिएर रुसको निन्दा गरेको छैन। चीनले युद्धका सम्बन्धमा आफूलाई तटस्थ राख्ने प्रयास गरिरहेको छ।
यही परिवेशमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता हुन लागेको हो।
रुसले चीनसँग युक्रेन युद्धका लागि सैन्य तथा वित्तिय सहयोग माग गरिरहेको र चीन पनि सहयोगका लागि सकारात्मक देखिएको दाबीसहितका खबर प्रकाशित भएको परिवेशमा शीर्ष नेताबीच संवाद हुन लागेको हो ।
प्रतिक्रिया