Pura Samachar

पछिल्लो २४ घण्टामा थप ५१ जनामा काेराेना संक्रमण पुष्टि,३९२ जना संक्रमणमुक्त

प्रकाशित: March 18, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा थप ५१ जनामा काेराेना संक्रमण पुष्टि,३९२ जना संक्रमणमुक्त

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार ५ हजार ९१४ नमूना परीक्षणमध्ये १२ पीसीआर र ३९ जनामा एन्टीजेन गरी ५१ जनामा संक्रमण भेटिएकाे हाे ।

पछिल्लो केही दिनयता संक्रमितकाे संख्या लगातार घटिरहेकाे छ भने मृत्यु दर पनि शुन्यमा झरेकाे छ । यस्तै पछिल्लो २४ घण्टामा पनि कुनै पनि संक्रमितको मृत्यु नभएकाे मन्त्रालयले जनाएकाे छ।

नेपालमा हालसम्मको काेराेना संक्रमणबाट ११ हजार ९५० काे मृत्यु भएकाे छ । मन्त्रालयका अनुसार थप ३९२ जना संक्रमणमुक्त भएका छन् ।

हाल मुलुकभर सक्रिय संक्रमितकाे संख्या ३ हजार ९९६ रहेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया