Pura Samachar

देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

प्रकाशित: March 19, 2022
पूरा समाचार

देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडाैं । शनिवार बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त प्रणालीका कारण  देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएकाे हो ।

देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने  महाशाखाले जनाएकाे छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन महाशाखाले जारी गरेकाे विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार हिजाे (बिहीवार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २९  दशमलव पाँच डिग्री सेल्सियस रहेको थियाे ।

प्रतिक्रिया