Pura Samachar

विश्वका खुसी देशकाे सूचीमा नेपाल यस वर्ष ८४ औं स्थानमा,भारत १३६औं

प्रकाशित: March 19, 2022
पूरा समाचार

विश्वका खुसी देशकाे सूचीमा नेपाल यस वर्ष ८४ औं स्थानमा,भारत १३६औं

विश्वका खुसी देशकाे सूचीमा नेपाल यस वर्ष ८४ औं स्थानमा देखिएकाे छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ अनुसार नेपाल विश्वका १४६ मुलुकमध्ये ८४ औं नम्बरमा परेकाे हाे।

छिमेकी मुलुकहरु भारत १३६औं तथा चीन ७२औं स्थानमा छन्।

विश्वकै सर्वाधिक खुसी देशमा भने फेरि पनि फिनल्यान्ड नै देखिएको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौंपटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो।

यसपछि डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने स्विट्जरल्यान्ड चौथो स्थानमा छ। अफगानिस्तान सबैभन्दा पुछारमा छ।  ​

प्रतिक्रिया