Pura Samachar

हिन्दू नेपाली महिलाहरु आज महत्वपूर्ण पर्व तीज मनाउँदै

प्रकाशित: August 21, 2020

हिन्दू नेपाली महिलाहरु आज महत्वपूर्ण पर्व तीज मनाउँदै

काठमाडौं । हिन्दू नेपाली महिलाहरुले आज (शुक्रबार) महत्वपूर्ण पर्व तीज मनाउँदै छन् । यो पर्वमा भदौ महिनाको शुक्ल पक्षको प्रतिपदाका दिन आफ्ना चेलीबेटीहरुलाई बोलाइ द्वितीयाको दिन आफ्नो सामथ्र्यअनुसार मिठामिठा खानेकुराहरु तयार गरिन्छ र प्रेमपूर्वक खुवाइन्छ ।

भदौ महिनाको शुक्लपक्षको तृतीयाको दिन तीज हो । प्रतिपदाबाट पञ्चमीसम्मका दिनलाई समन्वित रुपमा तीज भने पनि खास तीज भने यसै दिनलाई मानिन्छ । यो दिन महिलाहरु निराहार व्रत बस्छन् । भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःखसुख साट्ने महत्वपूर्ण चाड तीज नेपालीम हिलाको आफ्नै मौलिक संस्कृति हो ।

साउने संक्रान्ति देखि तीजको रौनक सुरु हुने भए पनि कोरोना भाइरसको संक्तमणका कारण यो वर्ष तीजलगायतका अन्य पर्वाहरु खुलेर मनाउन पाइएको छैन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारण चाडपर्वदेखि सबै कुरा अस्तव्यस्त छन् । समुदायमा कारेनोना फैलिएपछि धेरैजसो स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

तीजमा विशेष गरी भगवान शिवको आराधना गरिन्छ । यसको अर्को पक्ष नाचगान र मनोरञ्जन हो । नेपालका प्रायः सबै समुदायका महिलाहरुले मनाउने साझा पर्वका रुपमा विकास भइरहेको पर्व हो तीज । बहुसांस्कृतिक पर्जका रुपमा विकसित भइरहेको तीज हिन्दू महिलाहरुमा मात्र सीमित नरही सबै धर्म–जातिका महिलाहरुले मनाउने साझा पर्वका रुपमा विकसित भइरहेको छ । यो पर्वा नेपालीका ठूला चाड दसैं र तिहारपछिको तेस्रो ठूलो चाडका रुपमा तीज पर्व स्थापित हुँदै गएको छ ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । बिहीबार दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

प्रतिक्रिया