Pura Samachar

अष्ट्रेलिया आईसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

प्रकाशित: March 19, 2022
पूरा समाचार

अष्ट्रेलिया आईसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

काठमाडौं । अष्ट्रेलिया आईसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अकल्याण्डका शनिबार भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया अन्तिम चारमा पुगेको हो ।

यस जितसँगै अष्ट्रेलियाले ५ खेलमा १० अंक जोडेको छ ।

अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । र, अन्तिम चारको स्थान पक्का गरेको छ ।

भारत ५ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

भारतले दिएको २ सय ७८ रनको लक्ष्य अष्ट्रेलियाले ४९ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाको जितमा मेग लानिङले अर्धशतकीय इनिङ खेल्दै ९७ रनको योगदान दिईन् । यस्तै एलिसा हेएलीले ७२ रनको अर्धशतकीय इनिङ खेलिन् ।

राचिल हेयनेसले ४३ रन जोड्दा एलिसे पेरीले २८ रन बनाईन । बेथ मोनीले अविजित ३० रन जोडिन ।

 

भारतकी पूजा भाष्ट्रकरले २ तथा मेघना सिंह र स्नेहा रानाले १/१ विकेट लिईन् ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७७ रन बनाएको थियो ।

भारतका लागि कप्तान मिथाली राजले ६८ रनको अर्धशतकीय इनिङ खेलिन् ।

यस्तै हर्मन्प्रित कउरले अविजित ५७ रन जोड्दा यास्तिका भाटियाले ५९ रनको अर्धशतकीय इनिङ्स खेलिन् । पूजा भाष्ट्रकरले ३४ रन जोडिन ।

अष्ट्रेलियाकी डार्सी ब्राउनले ३ तथा अलाना किङले २ विकेट लिईन ।

प्रतिक्रिया