Pura Samachar

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई १२ गतेदेखि जग्गाको लालपूर्जा वितरण

प्रकाशित: March 20, 2022
पूरा समाचार

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई १२ गतेदेखि जग्गाको लालपूर्जा वितरण

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई यही चैत १२ गतेदेखि जग्गाको लालपूर्जा वितरण गरिने भएको छ ।

सूचीकृत हुनका लागि आह्वान गरएिकामध्ये प्रक्रिया पूरा गरेकालाई लालपूर्जा वितरणको तयारी गरिएको हो ।

पहिलो चरणमा मोरङ, झापा, सुर्खेत र सिन्धुलीबाट लालपूर्जा वितरणको तयारी गरिएको राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले बताउनुभयो ।

७ सय ५३ मध्ये २ सय २७ स्थानीय तहसँगको सहकार्यमा भूमिहीनलाई लालपूर्जा वितरणको प्रक्रिया सुरु गरिएको र बाँकीसँग पनि सम्झौता गर्दै जाने अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफ्नो विवरण बुझाउन आयोगले दोस्रो चरणमा दिएको ३५ दिने समयसीमा आगामी वैशाख १ मा सकिँदैछ ।

तेस्रो चरणको विवरण बुझाउने सूचना पनि भरेभोलिमा निकालिने आयोगले जनाएको छ ।

भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफ्नो नजिकको स्थानीय पालिकाको सम्पर्कमा रहन पनि आयोगले अनुरोध गरेको छ ।

प्रतिक्रिया