
डा. हरिमोहन पोखरेल
कोहिमा/नागालैंड राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभाग द्वारा जारी विज्ञप्ति अनुसार किशोर -किशोरीहरूलाई खोप लगाउने क्रम निरन्तर जारी नै रहेको छ ।
विभागले जारी गरेको विज्ञप्ति अनुसार गतः बुधबार देखि बारह देखि चौदह वर्ष सम्मका किशोर -किशोरीहरूलाई लगाउन शुरू गरिएको थियो ।जसमा आज सम्म बाइस हजार पाँच सय पचासले खोपको पहिलो डोस लगाए।
विज्ञप्तिले अगाडि जनायो कि राज्यका सबै अभिभावकहरूले सहयोग गर्नुपर्ने छ तथा कोविदको प्रोटोकल फोलो गरिनुपर्ने छ ।
प्रतिक्रिया