Pura Samachar

चितवनमा थप २६ जनामा कोरोना पुष्टि

प्रकाशित: August 21, 2020

चितवनमा थप २६ जनामा कोरोना पुष्टि

चितवन । चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड– १९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका २२ र अन्य जिल्लाका चार जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका अनुसार तीमध्ये भरतपुर महानगरमा मात्रै १९ जना रहेका छन् भने राप्ती नगरपालिकाका तीन जना छन् । बिहीबारको परीक्षणमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक–एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

परीक्षण गरिएका तीन सय छ मध्ये दुई सय ८० जनाको रिपोर्ट नेगेटिभ आएको प्रयोशालाका प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया