Pura Samachar

भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त

प्रकाशित: March 20, 2022
पूरा समाचार

भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त

काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त हुनुभएको छ। उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्‌ले तीन महिनाअघि नियुक्तिको सिफारिस गरेर संसदीय सुनुवाइ भए पनि शर्माको एग्रिमो आउन विलम्ब भएको थियो। गत साता मात्रै एग्रिमो आएपछि उहाँलाई राजदूत नियुक्त गरिएको हो।

डा. शर्मा यसअघि अमेरिकाको राजदूतको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

प्रतिक्रिया