
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभर गरिएको २ हजार ९७८ पीसीआर र १ हजार ७७४ जनाको एन्टीजेन परीक्षणका क्रममा ४५ जनामा संक्रमण पुष्टि भएको हाे ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १४७ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको कुल संख्या ९ लाख ६३ हजार १११ जना पुगेको छ।
याे अवधिमा काेराेना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएकाे छ।
देशभर हाल ३ हजार १३५ जना संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।
प्रतिक्रिया