Pura Samachar

आजको राशिफल

प्रकाशित: March 22, 2022
पूरा समाचार

आजको राशिफल

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
असंयम वाणीले लोकप्रियता गुम्न सक्छ। व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ। तापनि प्रयत्न गर्दा विगतका कमजोरी सच्याउन सकिनेछ। केही खर्च लागे पनि रमाइला ठाउँको भ्रमण गर्ने साइत जुर्न सक्छ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। मिहिनेत गर्दा छोटो समयमा पनि फाइदा उठाउन सकिनेछ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रोकिएका काम पुनस् प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, दिगो फाइदा हुने काम गर्न सकिनेछ। पहिलेका चुनौती पार लगाउन सकिनेछ।

मिथुन 
का, कि, कु, घ, ङ, छ, के, को, ह
आँटले काममा सफलता मिल्नेछ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नाले धन आर्जन हुनेछ। बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ।

सिंह 
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। साँझतिर केही विवादास्पद कामको जिम्मेवारी समेत आउन सक्छ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
खानपान र भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

वृश्चिक 
तो, ना, नि, नु, ने, नो, या, यि, यु
समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुस्ख पाइएला।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामको उचित मूल्यांकन हुनेछ। कृषि तथा पशुपालनमा मनग्य फाइदा हुनेछ। पढाइमा नयाँ ज्ञान सिक्ने मौका छ, प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। व्यापारमा लाभ हुनेछ।

मकर 
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक कामको जिम्मेवारी बढ्नेछ। अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ।

मीन 
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समयअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बाध्यतावश नचिताएको काममा अलमल हुनेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला।

प्रतिक्रिया