Pura Samachar

सुनको मूल्य फेरि एक लाख प्रतितोला

प्रकाशित: March 22, 2022
पूरा समाचार

सुनको मूल्य फेरि एक लाख प्रतितोला

सुनको मूल्य फेरि एक लाख प्रतितोला नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन फेरि आठ सय रुपैयाँ प्रतितोला बढेर १ लाख ३ सय रुपैयाँ पुगेको हो।

तेजाबी सुन पनि ९९ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन छापावाल सुन ९९ हजार ५ सय र तेजाबी सुन ९९ हजार प्रतितोला मूल्यमा कारोबार भएको थियो।

चाँदी पनि २० रुपैयाँले महंगो भएको छ। आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ। अघिल्लो दिन चाँदी १३ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

प्रतिक्रिया