Pura Samachar

अष्ट्रेलियाकाे जारी महिला एकदिवसिय विश्वकपमा लगातार छैटौं जित

प्रकाशित: March 22, 2022
पूरा समाचार

अष्ट्रेलियाकाे जारी महिला एकदिवसिय विश्वकपमा लगातार छैटौं जित

एजेन्सी – कप्तान मेग ल्यानिङको सानदार शतकमा अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी महिला एकदिवसिय विश्वकपमा लगातार छैटौं जित हात पारेको छ । यसअघिनै अपराजित रहँदै सेमिफाइनलमा पुगि सकेको अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै शीर्ष दुई स्थान पक्का गरेको छ ।२ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको अष्टेलियाले ४५.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा कप्तान मेग ल्यानिङले १ सय ३० बलमा १५ चौका र १ छक्कासहित १ सय ३५ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेलिन् । उनको यो ओडिआई करिअरको १५ औं शतक हो । बेथ मुनी २१, ताहलिया म्याकग्राथ ३२, गार्डनर र अन्नाबेल सदरल्याण्डले २२–२२ रनको योगदान दिए ।

दक्षिण अफ्रिका शबनिम ईस्माल र च्योए ट्रायोनले २–२ विकेट लिए । त्यसअघि वेलिंग्टन मा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७१ रन बनाएको थियो । दक्षिण अफ्रिकाकी ओपनर लौरा वोल्भार्डटले १ सय ३४ बलमा ६ चौकासहित सर्वाधिक ९० रन बनाइन् । कप्तान सुने लुसले ५१ बलमा ६ चौका प्रहार गर्दै ५२ रन जोडिन् । लिजली लि ३६ र मरिजान क्यापले ३० रन बनाए ।

अष्ट्रेलिया ६ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । अष्ट्रेलियाले अन्तिम खेल बंगलादेशसँग शुक्रबार खेल्नेछ । दक्षिण अफ्रिका ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले बिहीबार दक्षिण अफ्रिका र आइतबार भारतसँग खेल्नेछ । दुई खेल मध्य एकमा जित निकालेको खण्डमा पनि सेमिफाइनलमा पुग्नेछ ।

वेस्टइन्डिज ६ खेलमा ३ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । भारत ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । इंग्ल्यान्ड ५ खेलमा २ मा जित र ३ मा हार सहित पाँचौं स्थानमा छ । न्युजिल्यान्ड ५ खेलमा २ मा जित र ३ मा हार सहित छैटौं स्थानमा छ ।

बंगलादेश ४ खेलमा १ मा जित र ३ मा हार सहित सातौं स्थानमा छ । पाकिस्तान ५ खेलमा १ मा जित र ४ मा हार सहित पुछारमा छ । ८ देश सहभागी महिला विश्वकपमा शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया