
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५९४ जनामा परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ४८१ जना सङ्क्रमण मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।
नेपालमा हाल २ हजार ६८८ जना कोरोनाका संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।
प्रतिक्रिया