Pura Samachar

नागाहरूको राजनैतिक स्थाई समाधानको कार्य जारी

प्रकाशित: March 22, 2022
पूरा समाचार

नागाहरूको राजनैतिक स्थाई समाधानको कार्य जारी

-डा. हरिमोहन पोखरेल

कोहिमा /नागालैंड राज्यका मुख्यमन्त्री श्री नेफयू रियोले विधानसभाको बजेट सत्रमा भने कि नागाहरूको राजनैतिक स्थाई समाधानको कार्य निरंतर रूपमा चली रहेको छ ।हाम्रो प्रयास जारी छ तर समय न आउनजेल सम्म हामीले धैर्यता राय राख्नुपर्ने छ ।
श्री रियोले राज्यपाल प्रो. जगदीश मुखी द्वारा गतः शनिवारको दिन विधानसभामा धन्यवाद प्रस्तावको कुरा गर्दै उनले भने कि सबैको समय आउछ तर पर्खनुपर्ने हुन्छ ।त्यसैले हामीले अब केही दिन फेरि पनि धैर्यता राखेर काम गर्नुपर्ने छ ।
राज्यमा बढी रहेको जिल्ला माॅगको कुरा गर्दै उनले भने कि भारतको डिलिमिटेसन कमिशनले दिएको गाइडलाइंस मुताबिक हामीले केही जिल्लाहरू वृद्धि गर्यौ ।फेरि पनि माॅग हामीले राखेको छ ।समयले साथ दिए मेलोरी सबडिभिजनलाई पनि जिल्लाको दर्जा दिइने छ ।यसको लागि अन्य छिमेकी राज्यहरू संग कुराकानी चली रहेको छ ।
उनले अगाडि थपे कि नागालैंडमा अब चाँडै नै यूएलबी(ULB )को चुनाव संपन्न हुनेछ ।जसमा महिलाहरूलाई पचास प्रतिशत आरक्षण दिएर उनीहरूलाई राजनैतिक समरसता दिने निर्णय गरेको छ ।यसको लागि सबैले प्रयास जारी राख्नु पर्ने छ ।

प्रतिक्रिया