Pura Samachar

थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,२६९ जना संक्रमित निको

प्रकाशित: March 23, 2022
पूरा समाचार

थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,२६९ जना संक्रमित निको

देशभर थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ३८ जनामा संक्रमण पुष्टि भएको हो।

५ हजार ३७६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

३ हजार ८५५ जनाको पिसिआर गर्दा  ३४ र १ हजार ५२१ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित छन्।

२६९ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रतिक्रिया