
डा.हरिमाेहन पाेखरेल
कोहिमा /साउदन अंगामी पीपुल्स ओरगनाइजेशन (SAPO )द्वारा नागालैंड र मणिपुरको सीमा बीचमा अनिश्चितकालीन बन्दको घोषणा गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार सापोले मणिपुर सरकार द्वारा नागालैंडको सीमावर्ती क्षेत्रमा सैनिक दस्तावेज नहटाएको र अन्य कतिपय विषयमा पनि सरकारले आफ्नो खुशी -खुशी कार्य गरेकोले गर्दा अनिश्चितकालीन बंदको आवाह्न गरेको छ ।
सापोले आफ्नो विज्ञप्तिमा भनेको छ कि मणिपुर र नागालैंडको सीमान्त क्षेत्रमा अब आवत-जावत रहने छैन ।जब सम्म सरकारले पहल गर्न सक्दैन ।
मणिपुर तर्फबाट प्राप्त समाचार अनुसार मणिपुरबाट बाहिरको अन्य राज्यमा जाने पर्यटकहरू लगायत व्यापार गरनेहरूलाई भने निकै नै साह्रो परेको कुरा जान्नमा आएको छ भने कोही भने मणिपुरबाट नागालैंडको सीमाना सम्म आएर फर्केर गएको र धेरै नै दुःख परेको पनि प्रकाशमा आएको छ ।
स्मरण रहोस् सापोले बन्द गरेको एरिया मणिपुर -नागालैंड सीमामा पर्दछ ।
प्रतिक्रिया