Pura Samachar
  • घरबाहिर ननिस्कनु नै कोरोना रोकथामको औषधि

    प्रकाशित: भदौ ५, २०७७

    घरबाहिर ननिस्कनु नै कोरोना रोकथामको औषधि

    • डा. डिआर उपाध्याय

    काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा बिहीबारदेखि लागू भएको छ । अपवाद बाहेक समग्रमा आम सर्वसाधारणले निषेधाज्ञा पालना गरेको देखिन्छ । दैनिक उपभोग्य वस्तुको पसल समेत बिहान सात बजे नै बन्द गर्न दिइएको प्रशासनको आदेशले भने सर्वसाधारण असन्तुष्टि देखिएका छन । कोरोना नियन्त्रणका लागि सरकारले चालेका हरेक कदममा जनताले साथ दिँदै आएका छन् । चार महिना लामो लकडाउनमा पनि जनताले साथ दिएकै हुन । जनताले संक्रमण रोक्न भोकै भए पनि घरभित्रै बसे । सरकारलार्इृ निशर्त साथ दिइरहे । सरकारसँग संक्रमण रोक्ने न कुनै योजना छ, न दृढ इच्छाशक्ति नै देखिन्छ । कोरोनासँगै भ्रष्टाचार फैलिरहेको छ । सरकारले न कोरोना संक्रमण रोक्न सकेको छ न यसको नाममा भइरहेका अनियमितता नै रोक्ने प्रयास गरेको छ ।

    साढे चार महिनाको लकडाउनले थिलै थिलो बनेको नागरिकको जीवनस्तरमा थप धक्का पुगेको छ । होटेल, रेस्टुराँ, पर्यटन, शिक्षा, हवाई क्षेत्र, कलकारखाना, व्यापार व्यवसायलाई लकडाउनले उठ्नै नसक्ने बनाएको छ । आर्थिक गतिविधि ठप्प छन । जुन कारणले गर्दा आमजनताको जनजीवन कष्टकर बन्दै गएको छ। यो कुरा सवैलाई थाहा छ । सर्वसाधारणले दैनिक जीवनयापन र साँझ–बिहानको हातमुख जोड्ने कसरी यो समस्या देखा परेको छ ।

    कोरोनाबाट जोगिन सवैले सतर्कता अपनाउने, स्वास्थ्य सुरक्षामा ध्यान दिने यी नै महत्वपूर्ण कुरा हुन । हरेक नागरिकले सावधानी अपनाउने र स्वास्थ्य नियमको पालना गर्नुपर्ने जरुरी छ ।

    जहाँ कोरोनाको संक्रमण बढी देखिन्छ, त्यस ठाउँलाई सिल गर्ने, निषेधाज्ञा जारी गर्ने र सतर्कता अपनाउने जुन सरकारको नीति छ त्यो राम्रो कुरा हो । सवै नागरिकले आ आफनो ठाउँबाट सरकारलाई सहयोग गरौं । लकडाउनमा हजारौंले रोगजार गुमाएका छन्। व्यापार व्यवसाय चौपट छ। आर्थिक मन्दी सुरु भइसकेको छ।

    संक्रमितको संख्या बढेसँगै राजधानीमा अब आइसोलेसन वार्ड पनि पाउन कठिन छ। संक्रमितहरू घरमै बसिरहेका छन्। अस्पतालमा भेन्टिलेटर र आईसीयू भरिभराउ भइसकेका छन्।

    कोरोना बाहिरबाट बोकेर ल्याए मात्र आफू वा परिवारमा छिर्ने हो । घरबाहिर ननिस्कनु नै यसबाट बच्ने सबैभन्दा ठूलो औषधि हो। तर घरभित्र बसेर मात्र दैनिकी चल्दैन । त्यसो भएकाले प्रत्येक नागरिकले जोगिने र सतर्कता अपनाउनेतिर ध्यान दिनुपर्छ। भीडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र साबुनपानीले हात धुने विषयमा ख्याल गरौं । नेपाली नारीहरुको महान चाड आज तिज घरमा बसेर नाचौं , बढी घुलमिल र भिड भाड नगरौ । बाँचे पछि संसार देखिन्छ । नेपाली नारीहरुको यो महान चाड आज उनीहरुको लागी पक्कै खल्लो लागेको हुनु पर्छ । टाढा टाढा माइती भएका चेलीहरु माइती घर जान पाउनु भएको छैन । पक्कै दुःख लागेको छ । समय नै यस्तै छ के गर्ने ?

    प्रतिक्रिया