Pura Samachar

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूसँग छलफल गर्ने

प्रकाशित: March 24, 2022
पूरा समाचार

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूसँग छलफल गर्ने

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न निर्वाचनमा पार्टीले लिनुपर्ने रणनीतिबारे जिल्ला सभापतिहरूसँग छलफल गर्ने भएका छन् ।

१४ औँ महाधिवेशनमा निर्वाचन प्रक्रियामा सहभागी नभएका नेता पौडेलले साबिक संस्थापन इतर समूहबाट निर्वाचित भएका जिल्ला सभापतिहरूलाई छलफलका लागि आमन्त्रण गरेका छन् ।शुक्रबार बिहान बोलाइएको छलफलमा महाधिवेशनपछिको अवस्था, स्थानीय निर्वाचन र सम्भावित तालमेलबारे छलफल हुने बताइएको छ ।

जिल्ला सभापतिहरूलाई बोलाएर समसामयिक विषयमा छलफल गर्न खोजिएको बताइएको छ । सभापतिहरूको रायअनुसार केन्द्रीय समितिमा प्रस्तुत हुने तयारी छ ।

काँग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बस्दै छ । १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार बन्न नसकेपछि पौडेल तटस्थ रहेका थिए ।

प्रतिक्रिया