
काठमाडौं । नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश गरेको छ । सबै प्रमाण र शाहले दिएको बयानका आधारमा उनलाई थुनामा पठाउन आदेश भएको हो ।बलाःत्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई मुद्धा पुर्पक्षका लागि के गर्ने भन्नेबारे तनहुँ जिल्ला अदालतले आदेश सुनाएको हो ।थुनछेकको बहस सुनिसकेपछि तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधिश हरिषचन्द्र ढुंगानाले आदेश लेखेका थिए । अदालतबाहिर भने पल समर्थकहरुले धर्ना दिएका थिए ।प्रतिवादीद्धय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवशायीले बहस गरेका थिए ।
एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।
तीनै पिडितले शाहविरुद्ध पूर्वी नवलपरासीमा पनि बलात्कारको जाहेरी दिएपछि त्यहाँको जिल्ला अदालतमा अभियोग पत्र दर्ता भइसकेको छ ।कृष्ण जोशीलाई १ लाख धरौटी माग गरिएको छ ।
प्रतिक्रिया