एसियाली मुलुक जापान र साउदी अरेबिया कतारमा हुने विश्वकपका लागि छनोट भएका छन् । एसियन छनोट अन्तर्गत आज भएको अन्तिम चरणको खेलमा अस्ट्रेलियालाई पराजित गर्दै जापानले विश्वकप यात्रा तय गरेको हो ।
जापानले लगातार सातौं पटक विश्वकप फुटवल खेल्न लागेको हो । आजको खेलमा अस्ट्रेलिया पराजित भएको फाइदा उठाउँदै १९ अंकसहित समूह ए को दोस्रो स्थानमा रहँदै साउदी अरेवियाले विश्वकपमा स्थान पक्का गरेको हो ।
अस्ट्रेलियाले भने अब विश्वकपमा जान दक्षिण अमेरिकी छनोटको पाँचौं स्थानमा रहने टोलीसँग प्लेअफ खेल्नुपर्ने भएको छ । एसिया क्षेत्रबाट दक्षिण कोरिया र इरानले यसअघि नै विश्वकपमा स्थान बनाइसकेका छन् ।













प्रतिक्रिया