Pura Samachar

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेला आज हुँदै

प्रकाशित: March 25, 2022
पूरा समाचार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेला आज हुँदै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेला आज हुँदै छ । आज बिहान ९ बजे काठमाडौंमा हुने गरी भेला बोलाइएको हो ।

१४औँ महाधिवेशनको प्रक्रियामा सहभागी नभएपछि गुटगत भेलामा सहभागी नभएका पौडेलले महाधिवेशनको चार महिनापछि जिल्ला सभापतिहरूलाई डाकेका हुन् ।

संस्थापनइतर पक्षका नेता पौडेल सभापतिमा आफ्नै गुटका नेताहरूले अघि नसारेपछि महाधिवेशनको प्रक्रियामा सहभागी नहुने बताएर घरमै बसेका थिए । त्यसयता संस्थापनइतर पक्षको भेलामा पौडेल बोलाइँदैनन् र सहभागी पनि हुँदैनन् ।

प्रतिक्रिया